अमेरिकाले कोरोना म’हामारीलाई नियन्त्रण गर्न नसक्ने !

वाशिङ्टन । पछिल्लो समय संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमितहरु तीब्र रुपमा ब’ढिरहेका छन् । यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पका एक वरिष्ठ सहयोगीले अमेरिकाले कोरोना म’हामारीलाई नियन्त्रण गर्न नसक्ने बताएका छन् ।राष्ट्रपति नि’र्वाचनको ९ दिनअघि कोरोना संक्रमण ती’ब्ररुपमा बढ्न थालेपछि व्हाइट हाउसका चीन अफ स्टाफ मार्क मिडोजले अमेरिकाले कोरोना म’हामारीलाई नियन्त्रण गर्न नसक्ने बताएका हुन् ।उनले कोरोना संक्रमणलाई कम संक्रमित क्षेत्र पहिचान गरी खोप र उपचारजस्ता विधिले मात्रै परास्त गर्न सकिने पनि बताएका छन् ।

यता अमेरिकी राष्ट्रपतिका डे’मोक्रेटिक उमेद्वार जो बा’इडेनले ह्वा’इट हाउसले प’राजित भएको स्वीकार गर्दै आ’त्मसमर्पण गरेको बताएका छन् ।विश्वकै सबै भन्दा बढी कोरोना संक्रमण प्रभावित देश अमेरिका हो । व’ल्र्डोमिटर्सका अनुसार हालसम्म अमेरिकामा संक्रमितको कुल संख्या ८८ लाख ८९ हजार ५७७ पुगेको छ । यसैबीच २ लाख ३० हजार ५१० संक्रमितहरुको मृ’त्यु भइसकेको छ ।त्यस्तै, ५७ लाख ७२ हजार ७१७ संक्रमितहरु उपचारपछि को’रोनामुक्त भइसकेका छन् । हाल अमेरिकामा २८ लाख ८६ हजार ३५० वटा कोरोनाका सक्रिय के’सहरु रहेका छन् । (एजेन्सीको सहयोगमा)