यस्तो रह्यो चर्चित पत्रकार रबि लामिछाने र निकिता पौडेलको दशै

१० कार्तिक २०७७, सोमबार काठमाडौं, आज विश्वभर छरिएर रहेका हिन्दु नेपालिहरुको महान पर्व दशैको मुख्य दिन टीका हो । यसपालिको दशै कोरोनामय भयो । हर्सोल्लास दशैलाई यसपटक घरभित्रै थुनियो । कोरोनाको महामारी अझै साम्य नहुदा नेपालिहरुको दशै खल्लो हुदा नजिकको आफन्तमा मात्रै दशै खुम्चिएको छ । यता कलाकारहरूले पनि आफ्नो घरभित्रै मनाएका छन् । टिकाको दिन मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरेर तस्वीरहरुलाई सामाजिक संजालमा सार्बजनिक गर्ने क्रम सुरु भएको छ ।

यस्तैमा चर्चित पत्रकार तथा उनकी श्रीमती तथा पुर्व चलचित्र बिकास बोर्ड अध्यक्ष निकिता पौडेलको पनि टीका तस्वीर सार्बजनिक भएको छ । रबिले आफ्नो फेसबुकमा जोडिको तस्विर सार्बजनिक गरेका हुन् । उनले हालैको सिधा कुरा जनता संग कार्यक्रममा आफू कसैकोमा टीका लगाउन नजाने, कोहि आफ्नोमा आए कुकुर लगाएर खेदाउने अभिव्यक्ति दिएका थिए ।