कार्यालय भएकै स्थानमा टीका, श’क्तिपीठमा सुनसान

स्याङ्जा । वालिङ नगरपालिका–१२ का डोलराज पराजुलीले यसवर्ष पहिलोपटक घर बाहिर दशैको टीका लगाउनुप¥यो । विश्वव्यापी कोरोना म’हामारीका कारण पराजुली जन्मघरमा जान नपाएका हुन् । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका अधिकृत पराजुलीले भने, “विगतका दसैंमा गाउँघरमै पुगेर टीका लगाउने गरेको थिएँ, यो वर्ष कोरोना स’ङ्मण बढ्दै गएकोले आ’वतजावतमा समेत स’मस्या हुने र सरकारले समेत जो जाहाँ बसेको छ त्यही ठाउँमा चाडबाड मनाउन भनेकोले कर्मथलो पोखरामै दसैं मनाइयो ।”

कोरोना भाइरस (कोभिड १९) को जो’खिमका कारण धेरैको यसपालिको दशैँ आफ्नो घरमा सीमित बन्न पुग्यो । रोजगारी र व्यावसायका क्रममा विदेशमा रहेकाहरुले उतैबाट दशैँ मनाए भने स्वदेशका श’क्तिपीठहरुमा भी’डभाड र ब’लि दिने कार्यक्रम भएनन् ।वालिङ नगरपालिका १२ मा रहेको लोकप्रित अ’कलादेवीको मन्दिरमा दर्शनमा रो’क लगाइएपनि यहाँ भारत गोरखपुरबाट समेत आउने द’र्शनार्थी यसपल्ट देखिएनन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भवीराज गुरुङले स्वास्थ्य जो’खिमका कारण भी’डभाडमा रो’क लगाइएको बताए ।

मन्दिरका पुजारी ग’म्मरसिङ गुरुङले सो मन्दिरमा भक्तजनले भा’कल गर्ने र म’नोकांक्षा पूरा भएपनि ब’लि र भे’टी लिएर आउने गरेको बताए ।सो मन्दिरमा बाख्राको पा’ठी र कुखुराको पोथीको मात्रै ब’लि चढाइन्छ । शा’काहारीले भने दूध च’ढाउने गर्दछन् ।ञ’कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले आलमदेवी मन्दिरमा पनि कोरोना जो’खिम भएकाले पूजापाठमा पनि रो’क लगाइएको जनाए । रासस