चिसाे बढ्न थाल्याे, जुम्लाकाे तापक्रम माइनस १.५ डिग्रीमा झर्‍याे

काठमाडौं । मुलुकभर क्रमशः चिसाे बढ्नै गएकाे छ । सूर्य दक्षिण ढल्किँदै जाँदा उत्तरी गाेलार्धमा चिसाे बढ्दै जान्छ ।नेपालमा अहिले चिसाे बढ्न थालेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार जुम्लामा हिजोबाट न्यूनतम तापक्रम माइनसमा झरेको हो । त्यहाँ हिजो न्यूनतम तापक्रम माइनस १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।महाशाखाकाे रेकर्ड अनुसार जुम्लाको न्यूनतम तापक्रम २ दिनअघिसम्म १.६ डिग्री सेल्सियस थियो । तर साेमबारबाट भने माइनसमा झरेकाे छ ।

तर त्यहाँकाे अधिकतम तापक्रमचाहिँ २२ डिग्रीसम्म हुने माैसमविदकाे बनाइ छ ।यसैगरी काठमाडौं उपत्यकामा पनि तापक्रम घट्दै छ । मौसम पूर्वानुमान महाशाखाकाे मापनमा काठमाडाैँकाे न्यूनतम तापक्रम १४ डिग्री र २७ डिग्री सेल्सियससम्म देखिएको छ । उता ताप्लेजुङकाे तापक्रम पनि माइनसमा मापन भएकाे छ ।