संक्रमण रो’क्न लकडाउन गर्नु पर्दैन: डब्लुएचओ

११ कार्तिक २०७७, मंगलवार काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मानिसहरूले कोरोनाभाइरसका रो’कथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रो’क्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी ल’कडाउन र प्र’तिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ। पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरूमा दोस्रो चरणको लहर देखा परेपछि ती देशहरूमा फेरि प्र’तिबन्धहरू लागू गरिएपछि डब्लुएचओको यस्तो भनाइ आएको हो।

कोभिड–१९ सम्बन्धी डब्लुएचओकी प्राविधिक प्रमुख मरिया भान के’रकोभेले प्र’तिबन्धहरूभन्दा सम्बन्धित देशहरूले अनुगमन, परीक्षण र क’न्ट्याक ट्रे’सिङलाई म’जबुत बनाउनेतर्फ सो’च्नुपर्ने बताएकी छन्। गत साता विश्वभर देखिएकामध्ये ४६ प्रतिशत नयाँ सं’क्रमितहरू यूरोपेली देशहरूका ना’गरिक भएको भन्दै वर्तमान समयमा यूरोप कोरोनाको के’न्द्रविन्दु बन्दै गएको पनि डब्लुएचओले बताएको छ। यसैबीच पछिल्लो २४ घन्टामा ४ लाख भन्दा ब’ढि संक्रमित थपिएका छन्।