आज जम्मा ५७० जनामा कोरोना संक्रमण

११ कार्तिक २०७७, मंगलवार काठमाडौं । मुलुकमा थप ५ सय ७० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय ७० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।दसैंको विदाका कारण पीसीआर परीक्षण कम हुँदा कम्ति संक्रमित देखिएका हुन् । पछिल्लो २४ घण्टामा २ हजार ७ सय २५ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर ३१ सय ६८ जना संक्रमित कोरोनामुक्त भएका छन्। त्यस्तै, पछिल्लो २४ घण्टामा थप १४ संक्रमितको ज्यान गएको छ। यससँगै हालसम्म ज्यान गुमाउनेको कुल संख्या ८७६ पुगेको छ।