कतारको विमानस्थलमा महिलालाई न’ग्न बनाएर अनुसन्धान गरिएपछि…

काठमाडौं, कतारको विमानस्थलमा महिलालाई न’ग्न बनाएर अनुसन्धान गरिएकोप्रति अस्ट्रेलियाको सरकारले आ’पत्ति जनाएको छ। गत अक्टोबर २ तारिखका दिन कतारदेखि सिड्नीसम्मको उडानका क्रममा दोहास्थित हामद अन्तर्रष्ट्रिय विमानस्थलमा केही महिलाहरुलाई न’ग्न बनाएर अनुसन्धान गरिएको थियो। विमानस्थलमा बे’वासिरसे अवस्थामा न’वजात शि’शु भेटिएपछि त्यहाँका यात्रु महिलाहरुको शरीर र स्वास्थ्य परीक्षण गरिएको थियो। शि’शुको आमा पत्ता लगाउनुको लागि उक्त का’र्य गरिएको कतारको वि’मानस्थलको भनाइ छ।

हालसम्म पनि न’वजात शि’शुको आमा को हुन् भनेर पत्ता ला’ग्न नसकेको बताइएको छ। हाल ती शि’शुको अवस्था भने सामान्य रहेको जनाइएको छ। यद्यपी अस्ट्रेलियाले यस घ’टनाप्रति आफ्नो ध्यानाकर्षण भएको र महिलालाई न’ग्न बनाएर अनुसन्धान गरिनु ‘आ’पत्तिजनक र व्या’पक अ’नुचित व्य’वहार’ भएको बताएको छ। यस विषयमा बुझ्न अस्ट्रेलियाले अस्ट्रेलियास्थित कतारको दूतावासलाई जानकारी गराएको बताइएको छ। एजेन्सी