‘रअ’ प्रमुख सामन्तले काठमाडौंमा बाबुराम भट्टराईलाई पनि भेटेको खुलाशा

११ कार्तिक २०७७, मंगलवार काठमाडौं, गतसाता नेपाल भ्रमणमा आएका भा’रतीय खु’फिया ए’जेन्सी ‘र’अ’का प्रमुख सा’मन्त गो’यलले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पनि भेटेको खुलेको छ। भारतीय सञ्चारमाध्यम द प्रिन्टमा सो जानकारीसहितको लेख मंगलबार प्रकाशित भएको छ। सो सञ्चारमाध्यमकी र’णनीतिक मा’मिला सम्पादक ज्योती म’लहोत्राको आ’लेखमा ‘रअ’ प्रमुख गो’यल नेपालमा रहँदा पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई समेत भेटेको जानकारी उल्लेख छ।

उनले अहिले दिल्लीमा रहेका अमेरिकी रक्षा तथा विदेशमन्त्री र उनीहरुका भारतीय स’मकक्षीहरुबीचकाे भेट भारतमा बढि चर्चामा रहे पनि ‘रअ’ प्रमुखको छिमेकी नेपाल भ्रमणको प्रसङ्ग पनि उत्तिकै रो’चक बनिरहेको बताएकी छन्। ‘सा’मन्त गो’यलले नेपालका वि’पक्षी नेता बाबुराम भट्टराईलाई पनि भेटेका थिए। तर उनलाई भेटेलगत्तै भट्टराईमा को’भिड संक्रमण पुष्टि भएको हुँँदा भारत फ’र्केपछि संभवतः गो’यल आ’इसोलेसनमा बसिरहेका होलान्,’ मलहोत्राले लेखेकी छन्।