कोरोनाबाट एक दिनमै झण्डै ५ लाख संक्रमित

१२ कार्तिक २०७७, बुधबार एजेन्सी । कोरोना भाइरस संक्रमितको संख्या संसारभर बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा संसारभर संक्रमितको संख्या ४ लाख ५९ हजार २० जना थपिएको छ । योसँगै संक्रमितको संख्या ४ करोड ४२ लाख ३४ हजार ९ सय ३३ पुगेको छ ।ज्यान गु’माउनेको संख्या पनि पछिल्लो २४ घन्टामा ७ हजार २३ थपिएको छ । ज्यान गु’माउनेमध्ये सबैभन्दा धेरै अमेरिकामा २ लाख ३२ हजार ८४, भारतमा १ लाख २० हजार ५४ र ब्राजिलमा १ लाख ५७ हजार ९ सय ८१ छ ।

योसँगै कोरोनाबाट ज्यान गु’माउनेको संख्या ११ लाख ७१ हजार २ सय ७१ पुगेको छ ।संक्रमितमध्ये ३ करोड २४ लाख ४२ हजार ७ सय २७ जना कोरोना मु’क्त भएका छन् भने ७९ हजार ८ सय ८७ जनाको अवस्था ग’म्भीर छ । संसारभर सक्रिय संक्रमितको संख्या १ करोड ६२ हजार ९ सय ३५ रहेको छ ।