यूरोपमा कोरोना भाइरसको कारण मृ’त्युदर अघिल्लो हप्ताको तुलनामा झन्डै ४० प्रतिशत वृद्धि

फ्रान्स– यूरोपमा कोरोना भाइरसको कारण मृ’त्युदर अघिल्लो हप्ताको तुलनामा झन्डै ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य सं’गठनले जनाएको छ । संगठनका प्रवक्ता डाक्टर मार्गरेट ह्या’र्रिसका अनुसार फ्रान्स , स्पेन , बेलायत ,नेदरल्याण्ड र रुस लगायतका देशमा कोभिड(१९ महामारीको दोस्रो ल’हर सुरु भएपछि युरोपमा मृ’त्युदर पुनः बढेको हो ।रुसमा एकैदिन ३२० जनाको मृ’त्यु भएपछि कुल मृ’त्यु हुनेको संख्या २६ हजार ५८९ पुगेको छ । त्यस्तै इटालीमा एकैदिन २२१ जनाले कोरोना भाइरसका कारण ज्यान गु’माएका छन्।

हाल रुस कोभिड संक्रमण हुने देशहरुमध्ये चौथो स्थानमा रहेको छ भने अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित मुलुक बनेको छ। त्यस्तै भारत दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् ।भारतमा भने कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा हिजो सबैभन्दा थोरै देखिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार हिजो एकैदिन सबभन्दा थोरै ४० हजारभन्दा कम सङ्क्रमित भेटिएका हुन् । योसँगै भारतमा कूल सङ्क्रमितको सङ्ख्या ७९ लाख ४६ हजार ४२९ पुगेको छ ।