अस्ट्रेलियामा पहिचान दिलाउँदै दसैं

अस्ट्रेलिया — भिक्टोरियामा कोरोना भाइरसको दोस्रो लहरसँग जुधिरहेका राज्य प्रमुख तथा प्रिमियर ड्यानियल एन्ड्रुजले यस वर्ष वडादसैंको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिए । दसैंंलाई यहाँ बस्ने सबै नेपालीको महत्त्वपूर्ण दिन र पर्वका रुपमा व्याख्या गर्दै उनले कोरोना भाइरसका कारण अप्ठ्यारो अवस्था भएपनि दसैंलाई अलग तरिकाले मनाउन आग्रह गर्दै शुभकामना सन्देश दिए ।त्यस्तै अस्ट्रेलियाका बहुसांस्कृतिक मन्त्री एलन टजले समेत सम्पूर्ण नेपालीलाई वडादसैंको शुभकामना पठाउँदै नेपालीले खेलेको भूमिकाको प्रशंसा गरे ।

उनले दसैंजस्तो सांस्कृतिक पर्वले अस्ट्रेलिया संस्कतिीका लागि धनी भएको सन्देश दिने बताउँदै यसले बहुसांस्कृतिक देशका रुपमा पहिचान दिलाउन मद्दत पुर्‍याउने बताए । न्यु साउथ वेल्सका सिनेटर एन्ड्रु ब्रागले समेत सबै नेपालीलाई दसैंको शुभकामना दिँदै नेपाली समुदायको कला संस्कृति र योगदानको चर्चा र प्रशंसा गरे ।करिब १ लाख २५ हजार नेपाली बसोबास गरिरहेको अनुमान गरिएको अस्ट्रेलियामा दसैंैंतिहार जस्ता पर्वले नेपालीलाई सांस्कृतिक रुपमा अलग पहिचान दिन मद्दत पुरयाएको छ । दसैंंको अवसरमा प्रिमियर, केन्द्रीय मन्त्री, सांसद लगायतले दिएको शुभकामनाले पनि नेपाली समुदायको अलग पहिचान र अस्तित्व स्थापित हुँदै गएको मान्नेको संख्या उल्लेख्य छ ।

यतिमात्र नभएर नेपालीको मात्र चाड भनेर मानिने दसैं अस्ट्रेलियामा रहेका विदेशीले समेत मनाउन थालेका छन् । घटस्थापनाको दिनमा जमरा राखेर सुुरु भएको दसैं अस्ट्रेलियाका ६ राज्य तथा दुई टेरिटोरी र ग्रामिण भेगमा समेत धुमधामका साथ मनाउन थालिएको छ ।इकान्तिपुर