निःशुल्क परीक्षण र उपचार निरन्तर हुने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टको भनाइ

१२ कार्तिक २०७७, बुधबार रासस डोटी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ वि’रुद्ध सबै एकजुट भएर ला’ग्नुपर्ने बताउँदै प्रदेशमा निःशुल्क परीक्षण र उपचार निरन्तर हुने बताउनुभएको छ ।दशैँको टीकाका लागि ज’न्मथलो डोटीको केआइसिंह गाउँपालिका–६ फलेडी आएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर ल’ड्नुपर्ने बताएका हुन्। कोरोना रो’गबाट ब’च्न सम्पूर्ण ना’गरिकले घरैमा सु’रक्षित बस्नुपर्ने तथा बिनाकाम घर बाहिर ननिस्किन समेत उहाँले बताउनुभयो ।

मुख्यमन्त्री भट्टले कोरोना जो’खिमबाट सबै नागरिक स’जग भएर हिँड्नु पर्ने धारणा राख्दै भने “कोरोना जाँच र उपचार निःशुल्क गर्दै आएका छौँ तर नागरिकले पनि कोरोना जो’खिमबाट ब’च्न सा’वधानी अपनाउनु पर्ने हुन्छ ।”आजै मुख्यमन्त्री भट्टले प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराई, सशस्त्र प्रहरी बलको ३६ नम्बर ग’णका ग’णपति तथा सशस्त्र प्रहरी उपरीक्षक भरत खानियाँ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लसँग मुख्यमन्त्री सम्पर्क कार्यालय दिपायल राजपुरमा भेटी कोरोना नियन्त्रण तथा रो’कथामका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य तथा जिल्लाको शान्ति सु’रक्षामा क’मी हुन नदिन निर्देशन दिनुभयो।