प्रचण्ड-नेपाल पक्षद्वारा कांग्रेससँग मिलेर ओलीबि’रुद्ध अ’विश्वासको प्रस्ताव दर्ता गर्ने तयारी!

काठमाडौँ- कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबि’रुद्ध अ’विश्वासको प्रस्ताव ‘फे’ल’ भएको एक साता बित्न नपाउँदै नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीवि’रुद्ध पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अ’विश्वास प्रस्ताव संसदीय दलमा दर्ता गर्ने तयारी गरिरहेको सूचना प्राप्त भएको ओली नि’कट एक नेताले बताएका छन्। पार्टी निर्णयवि’परीत काम गरेको र सरकारसमेत ब’दनाम गराउन लागेको भन्दै ओलीवि’रुद्धको अविश्वासको प्रस्तावमा गो’प्यरुपमा हस्ताक्षर गर्ने काम भइरहेको ती नेताको भनाइ छ।

ती नेताले ओलीवि’रुद्धको अविश्वासको प्रस्ताव पार्टी संसदीय दलमा असफल भएमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग मिलेर त्यो संसदमै दर्ता गर्नका लागि हस्ताक्षर संकलन भइरहेको सूचना आफूहरुलाई प्राप्त भएको बताए। उनले बिहीबार देशसञ्चारसँग भने, ‘वि’वाद स’माधानको साटो ओलीवि’रुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको सूचना हामीलाई प्राप्त भएको छ तर अहिले नै आधिकारिकरुपमा भन्ने अवस्था भने आएको छैन। हामीले यसलाई सुक्ष्म रुपमा अध्ययन थालेका छौँ।’ खासगरी ओलीले गत भदौ २५ गते स्थायी कमिटी बैठकले गरेका निर्णयहरु उ’ल्लंघन गरेको ले यस्ता गर्न लागिएको बुझिएको छ ।

त्यस्तै प्रधानमन्त्री ओलीले कोरोना म’हामारी नियन्त्रण गर्न नसकेको र रा’ष्ट्रियतामाथि आघात पुग्ने गरेर विदेशी जा’सुसी सं’स्थाका प्रमुखलाई भेटेको लगायत थुप्रै कारणले उनीबि’रुद्ध अविश्वासको प्रस्ताव दर्ता तयारी भएको बुझिएको छ। पार्टीमा कुनै पनि सल्लाह नगरी ओलीले दल विभाजन र सं’वैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि गत वैशाख १७ गते ओली र प्रचण्ड-नेपाल स’मूहले संंसदीय दलमा बहुमत देखाउन हस्ताक्षर गरेका थिए। तर त्यतिबेला ओली प’राजित भई प्रचण्ड-नेपालसँग सहमति गर्न बा’ध्य भएका थिए।

आफूसँग लामो समय ‘इ’गो’ सा’धेर बसेको भन्दै प्रचण्डलाई फकाउन ओलीले प्रदेशबाट झिकाएका मुख्यमन्त्री शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत नेताहरु र ओलीका सल्लाहकारहरुबीच बिहीबार भएको आन्तरिक स’मीक्षामा पनि यो विषयबारे चर्चा भएको थियो। स’मीक्षामा सामेल एक नेताले भने, ‘ओलीबि’रुद्ध फेरि अर्को र’डाको म’च्चाउने तयारी भइरहेको मैले सुनेको छु। केही सिप नलागे कांग्रेससँग मिलेर ओलीवि’रुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी प्रचण्ड-नेपाल पक्षले गरेको बुझिएको छ। एक जना मात्रै सांसद बढी भएमा उनीहरु अ’विश्वासको प्रस्तावतर्फ जाने योजना बनाएको बुझिएको छ।’

संविधानको धारा १०० को उपधारा ९४० ब’मोजिम प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूमध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि स’दनको विश्वास छैन भनी लिखितरूपमा अ’विश्वासको प्रस्ताव पेश गर्न सक्नेछन्। तर, प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म प्रधानमन्त्रीबि’रुद्ध अ’विश्वासको प्रस्ताव दर्ता गर्न नपाउने संवैधानिक व्यवस्था छ। यस्तै एकपटक राखेको प्रधानमन्त्रीवि’रुद्धको अविश्वासको प्रस्ताव अ’सफल भएको एक वर्षभित्र अ’विश्वासको प्रस्ताव पेश गर्न नसकिने संवैधानिक प्रा’वधान छ ।देशसञ्चारबाट