राजीनामा दिनेबाला छैन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई केहिले पदबाट हटाउने प्रयन्त गरिहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातिर धकेल्न खोज्ने आदत भएकाहरुले पदबाट हटाउन खोजेको आरोपसमेत लगाउनुभयो । यद्यपि उहाँले पदबाट कदापी राजीनामा नदिने बताउनुभएको छ ।आज मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा बोल्दै आफूले प्रधानमन्त्रीबाट राजीनामा दिए देश बरबादीतर्फ जाने दावी गर्दै पदबाट नहट्ने बताउनुभयो ।प्रधानमन्त्रीले राजीनामा दिने अरे भन्ने हल्लाको पछिाडि नलागी आफ्नो कमामा केन्द्रीत हुन आह्वानसमेत गुर्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले मैले राजीनामा दिन मिल्छ ? मेराे लागि हाेइन, देश र जनताकाे लागि हाे, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । म राजीनामा दिनेवाला छैन।’उहाँले आफू प्रधानमन्त्री पदमा जालझेल र तिक्डमबाट नभइ जनताको आवश्यकता र व्यापक समर्थनबाट पुगेको बताउनुभयो । पार्टी भित्रका आन्तरिक किचलोका कारण प्रधानमन्त्री ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै बरिष्ठ नेताहरु असन्तुष्ट रहनुभएको छ ।