राती १२ बजेदेखि बजार क्षेत्रमा लकडाउन

दुलेगौंडा । कोरोना भाईरसको संक्रमण समुदायस्तरमा तिब्र गतिमा फै’लिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रमा ५ दिन लकडाउनको घो’षणा गरेको छ । बुधबार बसेको नगर कार्यपालिका बै’ठकले बुधबार राती १२ बजेदेखि आगामी मंगलबार रातीसम्म ल’कडाउन गर्ने घो’षणा गरेको हो । यो अवधिमा नगरक्षेत्रमा राजमार्गसंग जो’डिएको बजारसंगै ढोरफिर्दी र साँखे बजार पनि ब’न्द रहने नगरप्रवक्ता खिमबहादुर कुमालले बताए । ‘पुर्व नि’र्धारित कक्षा ११ को परिक्षा भने सञ्चालन हुनेछ ।

यद्यपी परिक्षा सञ्चालन गर्दा जनस्वास्थ्यका मा’पदण्ड अनिवार्य पालना हुनुपर्नेछ’, प्रवक्ता कुमालले भने ।कुमालका अनुसार अत्यावश्क सेवामा पर्ने स्वास्थ्य, सरसफाई र वि’पद व्यवस्थापनबाहेक बैंक तथा वित्तिय संस्था, सामाजिक संघसंस्था, सार्वजनिक र निजी संस्थान, उद्योग कलकारखाना र यातायातले दिने सेवा बन्द हुनेछ । नगरपालिका र वडा कार्यालयबाट अत्यावश्कय सेवा प्र’वाहा हुने उनको भनाई छ ।नगरपालिकाले अत्यावश्क कामबाहेक घरबाट वाहिर न’निस्कन नगरबासीलाई स’चेत गराएको छ । मास्क लगाउने, स’मुहमा हिँडडुल नगर्ने, भौतिक दुरी कायम गर्ने र धार्मिक तथा सामाजिक कार्यका लागी भे’ला नहुन भनिएको छ ।

शुक्लागण्डकीको मुख्य व्यापारिक केन्द्र दुलेगौँडा बजारमा कोरोनाको संक्रमण भित्रभित्रै फै’लिएपछि जनस्तरबाट ल’कडाउन गर्न आवाज उठिरहेको थियो । स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार शुक्लागण्डकीमा १ सय ४६ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । १ सय १० जना को’रोनामुक्त भएपछि हाल संक्रिय संक्रमितको संख्या ३६ छ । २ जना कोरोना संक्रमितले ज्यान गु’माएका छन् । उता जिल्लाकै म्याग्दे गाउँपालिका पनि मंगलबारदेखी ब’न्द छ ।