इटालीमा फेरि लकडाउन, अस्पतालहरु वि’रामीले भरिए

रोम। कोरोना भाइरसका संक्रमितहरु बढेसंगै इटालीमा पुन लकडाउन हुने भएको छ। शुक्रबारदेखि लकडाउन गर्न लागिएको हो। इटालीको विभिन्न क्षेत्रलाई तीन भागमा बिभाजन गरी सरकारले क’डा निययहरु लागू गर्ने भएको छ। इटालीका चार क्षेत्रहरु लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रे’ड जोन घो’षणा गरिसकिएको छ। यी क्षेत्रहरु कोराना भाइरसको संक्रमण धेरै छ। इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बुधबार साँझ कोरोनाको दोस्रो लहर रो’क्न र अस्पतालमा अहिले कोरोनाका कारण बढिरहेको अत्याधिक चाप कम गर्न लकडाउन आवश्यक रहेको जानकारी गराएका थिए ।

शुक्रबारदेखि सुरु हुने लकडाउन दुई हप्ताको लागि हुने छ। संक्रमणको संख्या कम हुँदै गएमा लकडाउन ह’टाउन पनि सकिने प्रधानमन्त्री कन्तेले जानकारी गराएका थिए। लकडाउनका लागि जारी गरिएका नियम भने इटालीमा पहिलोपटक मार्च महिना लकडाउन हुदाको जस्तै छन्। रे’ड जोन घो’षणा गरिएका प्रदेशहरूमा मानिसहरुलाई बाहिरबाट आउन र आफू बसेको ठाउँ छोडेर निस्कन ब’न्देज लगाइएको छ। स्वास्थ समस्या, कामको लागि आवश्यकता परेको खण्डमा अनुमति दिइएको भए पनि सेल्फ प्रमाणीकरणको सर्टिफिकेट अनिवार्य गरिएको छ। यो प्रमाणपत्रविना बाहिर निस्कन पाइने छैन।

लकडाउनको बेला खानपिनका लागि सामान खरिद गर्न शपिङ सेन्टर भने खुल्ला नै रहने छन् । पार्लर खोल्न पनि अनुमति दिइएको छ। संक्रमणको संख्या अत्यधिक बढेसगै इटालीका धेरै सहरहरुमा अस्पतालमा बि’मारी राख्ने ठाँउको अ’भाव पनि भएको छ ।इटालीयन सञ्चार माध्यमहरुका अनुसार अस्पतालमा बि’रामी राख्ने ठाँउ अभावका कारण एम्बुलेन्सहरु लामो समयसम्म बाहिरै कुर्न बा’ध्य भएको बताइएको छ। बिहिवारसम्म इटालीमा कोरोनाका कारण ४० हजार १ सय ९२ जनाको मृ’त्यु भएको छ। मार्च महिनामा लकडाउन हुदा मार्च २१ मा सबैभन्दा धेरै संक्रमितको संख्या ६ हजार ५ सय ५४ थियो भने बिहिवार मात्रै संक्रमितको संख्या ३४ हजार ५ सय ५ रहेको छ।