बालुवाटारमा ओली–दाहाल भनाभन, झन् चि’सियो सम्बन्ध

काठमाडौँ: प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान मन्त्रिपरिषद् बैठक सुरु हुँदा नेकपा ज’नवर्गीय सं’गठनहरूको कार्यालय पेरिसडाँडा, कोटेश्वरमा अध्यक्ष पुष्पकमल दाहाल कानुनविद्हरूसँग प’रामर्शमा थिए । दाहालका साथमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरू पनि थिए ।त्यही छलफललाई लक्ष्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा भने, ‘पार्टीमा गुटबन्दी चर्किएको छ, विश्वास अ’विश्वासका कुरा भइरहेका छन्, त्यसको सा’मना गरिनेछ ।

कोटेश्वरमा अहिले पनि बैठक बसिरहेको छ, अस्थिरताको प्रयत्न भइरहेको छ । त्यस्तो प्र’यत्नलाई च’कनाचुर पारिनेछ ।’ ओलीले बुधबार मात्रै पनि आफूलाई रा’जीनामा मागिएको उल्लेख गर्दै अहिले रा’जीनामा दिँदा देश ब’र्बादीतिर जाने बताएका थिए ।बालुवाटारमा ओलीले आफूविरुद्ध ता’नाबाना बुनिरहेको बताइरहँदा कोटेश्वरमा दाहालसहितका नेताहरू ओलीले चाल्न सक्ने संवैधानिक–राजनीतिक क’दम र त्यसको सामनाका लागि अपनाउन सकिने उपायबारे नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका कानुन व्यवसायीसँग छलफल गरिरहेका थिए ।

‘प्रधानमन्त्रीले यसअघि पनि अध्यादेश ल्याउनुभएकै हो, उहाँले अरू पनि संवैधानिक–राजनीतिक क’दम चाल्न सक्नुहुन्छ, त्यसमा हाम्रो तयारी कस्तो बनाउने भनेर परामर्श गरेका हौं,’ छलफलमा सहभागी एक नेताले भने । प्रवक्ता नारायणकाजी श्रेष्ठले भने कोरोनाले न्यायक्षेत्रमा पनि असर पारिरहेकाले त्यसमा के भूमिका खेल्न सकिन्छ भन्नेबारेमा परामर्श भएको बताए ।कोटेश्वरको छलफललगत्तै अध्यक्ष दाहाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए । उनीहरूबीच करिब एक घण्टा भएको छलफल भ’नाभनमै सकिएको अध्यक्षद्वय नि’कटस्थहरूको भनाइ छ ।

‘उहाँ (दाहाल) आज दुइटा विषय बोकेर आउनुभएको थियो । पहिलो, जनताको बहुदलीय जनवादको छलफल किन चलाउनुभयो भनेर सोध्नुभयो । दोस्रो, पार्टीको बैठक बोलाइहालौं भन्नुभयो,’ ओ’लीनिकट एक नेताले कान्तिपुरलाई भने ।ती नेताका अनुसार अध्यक्षद्वयबीच सहमति नबनी पार्टीको बैठक बोलाउन खोजेर दाहालले फेरि भाँ’डभैलो गर्न खोजेको ओलीको भनाइ थियो । ‘पहिले तपाईं र म छलफल गरौं, मिल्ने कुरा केके हुन्, नमिल्ने कुरा केके हुन हेरौं, अनि बल्ल बैठक बोलाउँला,’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘नत्र हू’लहुज्जत गर्न बैठक बोलाएर केही काम छैन ।’

दाहालले भने दुई अध्यक्षबीच मात्रै छलफल गरेर कुनै नि’चोड नआउने भन्दै बैठक नै बोलाउन जो’ड दिएका थिए । ‘तपाईंले अर्को पार्टीको अभ्यास सुरु गरिसक्नुभएको छ, हिजो प्रदेश १ को भेला गरेर जबज पक्षधर एक हुनुपर्छ भन्नुभयो । तपाईंको रा’जीनामा कतैबाट मागिएको छैन, मागे भनेर हल्ला गर्नुभएको छ,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पार्टीमा ग’म्भीर छलफल गर्नैपर्छ, बैठक बोलाऔं ।’जवाफमा ओलीले आफूलाई ठीक लागेकै कुरा गरेकाले अहिले बैठक बाहेकका विषयमा कुरा गर्न भनेका थिए ।

‘मैले जे जे काम गर्नुपर्ने हो त्यही गरेको छु, हामीबीचमा मात्रै छलफल र सहमति हुन्छ भने हुन्छ नत्र जसले जे सक्छ त्यही गरे भइहाल्यो,’ ओलीले दाहालसँग भनेका थिए, ‘मेरावि’रुद्धमा अविश्वासको प्रस्ताव ल्याउन का’नुनविद्सँग छलफल गर्नुभएकै छ, हस्ताक्षर चलाउनुभएकै छ ।’दाहालले पनि ओलीलाई छुट्टाछुट्टै भेला आयोजना गरेर फरक पार्टीको अभ्यास थालेको बताएका थिए । त्यसपछि ओलीले आफूहरूबीच पार्टी एकताको सम्बन्ध भएकाले गु’टका भेला रोक्न दाहाललाई भनेका थिए । ‘तपाईंले ज’थाभावी नगर्नुस्, पहिले गुटका भेलाहरू रो’क्नुस् अनि पार्टी एकताको काममा लाग्नुस्,’ ओलीले दाहाललाई जवाफ दिएका थिए, ‘तपाईंले ध्यान नदिँदा पार्टी एकताको काम ल’थालिंग भएको छ ।’

त्यसपछि दाहाल बालुवाटारबाट नि’स्किएका थिए । ओलीसँग भेटेर फर्किएपछि अध्यक्ष दाहालले आफूनिकट नेताहरूलाई भेटबारे ब्रिफिङ गरेका थिए । ओलीसँग एक्लाएक्लै छलफल गर्दा कुरै नमिल्ने र दिमागमात्रै ख’राब हुने उनको प्रतिक्रिया थियो । कत्ति पनि सहमति नभएको उल्लेख गर्दै उनले अब झन् सं’कट निम्तिन सक्ने बताएका थिए ।मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सुरु भएको अध्यक्षद्वयको कि’चलो पछिल्लो समय जनताको बहुदलीय ज’नवादलाई पार्टी कार्यक्रम बनाउनुपर्ने भन्दै ओलीले दिएको अभिव्यक्तिसम्म पुगेको छ ।

सुरुमा कुन मन्त्री राख्ने र कसलाई ह’टाउने भन्नेमा दुई अध्यक्षबीच कुरा मिलेन, त्यसपछि कर्णाली प्रदेशको विवाद र भारतीय गुप्तचर संस्था र’अ प्रमुख सामन्त गोयललाई प्रधानमन्त्रीले भेटेको विषयमा उनीहरूबीच म’तभेद भयो । पछिल्लो समय ओलीको रा’जीनामा, पार्टी विभाजन र जनताको बहुदलीय जनवादको विषय नयाँ विवादका रूपमा थपिएका छन् ।गएको असार १४ गते मदन भण्डारी फा’उन्डेसनको कार्यक्रममा ओलीले आफूलाई प्रधानमन्त्रीबाट ह’टाउन भारत लागिपरेको र त्यसमा पार्टीभित्रकै नेताहरूले साथ दिइरहेको बताएपछि पार्टीमा एकाएक उनको रा’जीनामा मा’गिएको थियो ।

गत भदौ २६ गते प्रतिनिधिसभाको यो कार्यकालभरि सरकारको नेतृत्व ओलीले नै गर्ने निर्णय नेकपाले गरेको थियो । तर डेढ महिना नपुग्दै ओलीले फेरि आफ्नो रा’जीनामा मागिएको र अहिले रा’जीनामा दिए देश बर्बादीतिर जाने बताएपछि दाहालले त्यो विषयमा पनि बिहीबारको भेटमा सोधेका थिए ।तर ओलीले आफ्ना निकटस्थहरूलाई बताएअनुसार दाहालले गत १५ गतेको भेटमा ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट रा’जीनामा दिन र आफूलाई एकल अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए । ओली पक्षधर नेताहरूले दाहाल र नेपालले सरकारवि’रुद्ध अविश्वास प्रस्ताव ल्याउन लागेको बताएका छन् ।

‘उहाँहरू आफूले पनि काम नगर्ने अरूलाई पनि गर्न नदिने पक्षमा हुनुहुन्छ,’ ओलीनिकट एक नेताले भने, ‘सरकारवि’रुद्ध अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर अभियान नै चलाउनुभएको छ, अनि हामी चुप लागेर बस्ने ?’,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।