विश्वकै सबैभन्दा होचा जोडीको प्रेम विवाह, राखे यस्तो रेकर्ड

एजेन्सी – धेरैले विवाहको लागि आफुलाई मिल्ने जोडी खाज्ने गर्छन् । बराबर साइज भएका केटाकेटीले विवाह गरेमा मिलेको जोडी भन्ने गरिन्छ । यस्तै एक होचा जोडीको विवाह निकै चर्चामा छ । विश्वकै सबैभन्दा होचा शरीर भएका जोडीको लन्डनमा विवाह भएको छ । होचा शरिर भएका ब्राजीलका ३० वर्षका पाउलो गेब्रियल डे सिल्वा बारोस र लन्डनकी २७ वर्षकी काटयुसिया होशिनोबीच विवाह भएको हो । आफु सुहाउदो जोडी पाउँदा दुवै निकै खुशी छन् । उनीहरुले दुनियाकै सबैभन्दा होचो दुलाहा र दुलहीको रेकर्ड पनि राखेका छन् ।

भनिन्छ उनीहरुले ८ बर्षको प्रेमसम्बन्ध पछि विवाह गरेका हुन् । पाउलोले होशिनोलाई देख्ने बित्तकै मनपराएका थिए । उनीहरुबीच सामाजिक सञ्जालमा च्याटिङबाट कुराकानी हुने गर्दथ्यो । गिनिज बुक अफ वर्ल्डमा रेकर्ड राखेका यी जोडीको लम्बाई उस्तै उस्तै छ ।पाउलोको लम्बाई ३५.५४ इन्च छ भने काटयुसियाको लम्बाइृ ३५.८ड इन्च रहेको छ । सबैभन्दा होचो दुलाहा र दुलहीको रेकर्ड राख्न पाउदा भनेका छन, ‘हाम्रो यस वैवाहिक रेकर्डले शारीरिक सुन्दरता भन्दा पनि सच्चा प्रेमको एक कहानी हुनेछ