कालिगण्डकी नदीमा छाडियो चार लाख माछाका भुरा

स्याङ्जा । नेपाल विद्युत प्राधिकरण कालिगण्डकी ए जलविद्युत केन्द्र बेल्टारीले तीन लाख ८२ हजार पाँच सय माछाका भुरा छोडेको छ ।केन्द्रले आफ्नो रिजर्भवायर क्षेत्रभित्रको कालिगण्डकी नदीमा पहिलो पटक माछाका भुरा छाडेको हो ।जलविद्युत केन्द्रले वातावरणीय सन्तुलन कायम गर्न तथा माछा मारेर जीविकोपार्जन गर्ने आयोजना प्रभावित ३५ माझी समुदायको आय आर्जन र जीवनस्तर अभिबृद्धिमा सहगोग गर्ने उदेश्यले भुरा छाडेको केन्द्रका प्रमुख पशुपतिराज गौतमले जानाकारी दिनुभयो ।केन्द्रले नदीमा गर्दी, हाडे र ठेड जातका माछाका भुरा छाडेको हो ।

बार्षिक चालीस लाख रुपियाँ बराबरका आठ लाख भुरा नदीमा छाड्ने जलविद्युत केन्द्रको लक्ष्य अनुसार पहिलो चरणमा आधा छाडेको र आगामी जेठमा आधा भुरा नदीमा छाड्ने गौतमले जानाकारी दिनुभयो ।भुरा छाड्दै कालिगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बिगतमा नार्कले माछाका भुरा छाड्ने गरे पनि अहिले छाडेको अवस्थामा जलविद्युत केन्द्रले निरन्रतरता दिएकोमा खुसी ब्यक्त गर्नुभयो ।बतावरण संरक्षणको लागि जलविद्युत केन्द्रकाे प्रयास राम्रो भएको बताउदै थापाले पालिका पनि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।