अस्पतालबाट मनोज गजुरेल यसो भन्छन- हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ

काठमाडौं, कोरोना संक्रमित भएर उपचाररत कलाकार मनोज गजुरेलले आफ्नो स्वास्थ्यमा सुधार आएको बताएका छन्। गजुरेलबारे सामाजिक सञ्जालमा विभिन्न हल्ला र अ’डकलबाजी हुन थालेपछि शुक्रबार राति ९ बजेर ५० मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा छोटो स्ट्याटस लेख्दै गजुरेलले स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यबाद दिएका छन्। उनले लेखेका छन्, ‘आराम छु आरामको कामना गदछु। हिजो भन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यबाद।’

त्यस्तै यस अघि वरिष्ठ हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बलम्बुस्थित शशस्त्र प्रहरी अस्पतालले जनाएको छ। उक्त अस्पतालका प्रवक्ता डा. प्रवीण नेपालले कोरोनाका कारण गम्भीर बिरामी परेका गजुरेलको अवस्थामा सुधार आइरहेको बताएका हुन्। ’उहाँ आफै खाना खान सक्नुहुन्छ। चि’कित्सक साथीहरुसँग मजाले बोलिरहनु भएको छ’, उनले भने, ‘उहाँलाई एक जनासँग मात्रै सम्पर्क गर्न दिएका छौं। ‘सामाजिक सञ्जालमा आएको ह’ल्लामा कुनै स’त्यता नरहेको पनि नेपालले बताए।

अस्पतालबाट आधिकारिक कुरा नआइ हल्लाको पछि लागेर अ’फवाह न’फैल्याउन पनि नेपालले आग्रह गरेका छन्। कात्तिक १० मा कोरोना पुष्टि भएपछि गजुरेल घरमै आ’राम गरिरहेका थिए। तर कोरोनाले च्या’पेर फोक्सोमा स’मस्या देखिएपछि उनी बिहीबार अस्पतालमा भर्ना भएका थिए। ‘उहाँलाई नि’मोनिया देखिएको छ’, नेपालले भने, ‘अरु स्वास्थ्य अवस्था राम्रो रहेको छ, आ’त्तिने कुनै कुरा छैन।’