८ जना जुहाडे पक्राउ

बागलुङ, जिल्ला प्रहरी कार्यालय बागलुङले जुवा तास नियन्त्रणका लागि सक्रियता देखाएको छ ।सदरमुकाम लगाएतका क्षेत्रमा व्यवसायीक रुपमा जुवातास खेल्दै आएको भन्ने सुराकीको आधारमा प्रहरी कार्यालयले नगद सहित जुहाडे पक्राउका लागि सक्रियता देखाएको हो ।केहि दिन अगाडि बानपा ४ उपल्लाचौरवाट नगद ७८ हजार १ सय सहित ५ जना जुहाडे पक्राउ गरेको प्रहरीले शुक्रवार राती बानपा ४ कुडुलेवाट नगद ५४ हजार ७ सय १० रुपैया सहित ८ जनालाई पक्राउ गरेको प्रहरी प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

जुवातास खेलेको अवस्थामा प्रहरीले बानपा १० घर भई बानपा ४ बस्ने बर्ष २४ का सुर्य केसी, बानपा ११ घर भई बानपा ४ बस्ने बर्ष ३२ का राजन आचार्य, बानपा ४ बर्ष ३२ का सन्तोष केसी, बानपा १० घर भई बानपा ४ बस्ने बर्ष २६ को यामबहादुर केसी, बानपा ४ बस्ने बर्ष २८ को सुरज क्षेत्री, बानपा २ निवासी बर्ष ४० का ज्ञानबहादुर कार्की, बानपा ९ घर भई बानपा ६ बस्ने कृष्णबहादुर सार्की र बाँके घर भई बागलुङ बस्दै आएका बर्ष २९ का तेजबिक्रम क्षेत्रीलाई पक्राउ गरिएको श्रेष्ठले बताउनुभयो ।