मुख्यमन्त्री शाही घोडाबाट ल’डेर घा’इते, उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत ल्याइदै

हुम्ला । सीमा नि’रीक्षणका लागि हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट ल’डेर घा’इते भएका छन् । शुक्रबार मुगु हुदै हुम्ला पुगेका मुख्यमन्त्री शाही घोडा च’ढेर सिमकोट गाउँपालिका–३ को तो’र्पा जाने क्रममा हु’डिक गाउ नजिकै ल’ड्दा टाउकोमा चो’ट लागेर घा’इते भएका हुन् ।सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायहरुले घोडामा च’ड्नका लागि स्वागत गरेपछि उक्त घोडाबाट ल’डेर सामान्य घा’इते भएका हुन् ।

मुख्यमन्त्री शाहीले च’डेको घोडा त’र्सिदा ल’डेर घा’इते भएका शाहीको अवस्था सामान्य रहेको मुख्यमन्त्री सचिवालय श्रोतले जनाएको छ ।घा’इते मुख्यमन्त्री शाहीलाई माउन्टेन एयरको हेलिकोप्टरबाट उपचारका लागि सुर्खेत लगिएको छ । शनिबार मुख्यमन्त्री शाहीको हिल्सा र लिमी जाने कार्यक्रम रहेको भएपनि हेलिकोप्टरलाई उडान अनुमति नआएपछि हिल्सा र लिमी जाने कार्यक्रम आइतबारका लागि सरेपछि सदरमुकामबाट सिमकोट गाउँपालिका वडा तीनको तोर्पा, बरगाउँ र लिमाटाङ्गमा रहेका योजना अनुगमन गर्न गएका मुख्यमन्त्री शाही घोडाबाट ल’डेर घा’इते भएका हुन् ।

मुख्यमन्त्री शाहीलाई सिमकोटबाट गएको हेलिकप्टरले सिमकोट–३ बरगाउको बागचाल्नाबाट उ’द्दार गरी सदरमुकाम ल्याई थप उपचारका लागि सुर्खेत ल’गिएको छ ।मुख्य शाहीसँगै कर्णाली प्रदेशसभा प्र’तिपक्ष दलका नेता एवं काँग्रेस केन्द्रीय सदस्य जीवन बहादुर शाही, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता एवं कृषि मन्त्री बिमला केसीलगायतका नेता तथा कार्यकर्ताको पनि उस्थिति रहेको थियो ।