पत्रकार ऋषि धमलालाई पनि कोरोना संक्रमण

काठमाडौं : पत्रकार ऋषि धमलालाई कोरोना पोजेटिभ भएको छ। आइतबार गरिएको परीक्षणबाट धमलालाई कोरोना पुष्टि भएको हो। पत्रकार धमलाका अनुसार उनमा कोरोनाको कुनै लक्षण थिएन । कन्ट्याक ट्रेसिङमा परेको कारणले आफूले हिजो स्वाब परीक्षण गराएको धमलाले जनाए । र, आज रिपोर्ट पोजेटिभ आएको हो । उनी होम–आईसोलेशनमा बसेका छन् । उनले यो बीचमा आफूसँग प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई समेत आवश्यक सतर्कता अपनाउनको लागि आग्रह गरेका छन् ।सामाजिक सञ्जाल फेशबुकमाफृत धमलाले आफूलाई संक्रमण भएको जानकारी गराएका हुन् ।

उनले लेखेका छन्,‘आदरणीय सबैमा नमस्कार । कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला । म आजैबाट होम–आईसोलेशनमा बसेको छु । यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु । धन्यवाद ।’