नेपालमा कोरोना मुक्त हुने दर बढ्यो : कुल संक्रमितको ८१ प्रतिशतभन्दा बढी निको

काठमाडौं । नेपालमा विस्तारै कोरोना संक्रमित निको हुने दर बढेको छ । आज सम्मको तथ्यांक अनुसार नेपालमा ८१.१ प्रतिशत संक्रमित कोरोनामुक्त भएका छन् ।अहिले सम्म कुल १ लाख ५७ हजार ९२६ जना संक्रमित मुक्त भएर घर फर्किसकेका छन् । आज मात्रै पनि २८१२ जनाले कोरोना जीतेर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।नेपालका कोरोना संक्रमण मुक्त हुने दर दक्षिण एशियामै सबै भन्दा कम रहेको छ ।नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २८ सय १७ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ९४ हजार ४६३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । आज १२ हजार ३११ जनामा गरिएको परीक्षणमा ती संक्रमित देखिएका हुन् ।आज थपिएका मध्य उपत्यकामा १४३३ जना संक्रमित थपिएका छन् । जस मध्य काठमाण्डौमा १२९४, भक्तपुर ७७ र ललितपुरमा १६२ जना थपिएका छन् ।देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४१९ रहेको छ। संस्थागत आईसोलेसनमा ६ हजार २२२ जना रहेका छन् । होम आईसोलेसनमा २९ हजार १९७ जना रहेका छन् । क्वारीन्टीनमा एक हजार १४९ जना रहेका छन् ।२४ घण्टामा कोरोनाका कारण २१ जनाले ज्यान गुमाएका छन् ।