मेलम्चीको पानी पुनः सुरुङमा पठाइँदै, कति दिनमा आइपुग्छ काठमान्डौ ?

काठमाडौँ । मेलम्चीकाे पानी यही मङ्सिर दोस्रो सातादेखि सुरुङमा पठाइने (पथान्तरण गरिने) भएको छ । यसअघि पनि गत असारमा सुरूङमा पानी पथान्तरण गरिएकाेमा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएकाे थियाे । साे क्रममा एक मजदूर बगेर बेपत्ता भएका थिए । अहिले फेरि दोस्रोपटक पानी पथान्तरण गर्न लागिएकाे हाे ।खानेपानी मन्त्रालय स्राेतका अनुसार पहिला फुटेकाे गेग मर्मत गरेर सबै तयारी पूरा गरी पानी पथान्तरण गर्न लागिएको हाे । तर सुरूङ भरिएर पानी काठमाडाैँकाे सुन्दरीजलमा आइपुग्न भने २ महिना लाग्ने जनाइएकाे छ ।

सुरुङकाे फिनसिङ लगायत सबै काम सकिएको र सुरुङमा चारवटै गेटको फ्रेम परिवर्तन गरी जडानको काम भइरहेको जनाइएकाे छ । तर हेडवर्क्सको काम भने बाँकी नै रहेकाले हाललाई अस्थायी डाइभर्सनबाट सुरुङमा पानी पथान्तरण गरिनेछ । सुरुङ परीक्षणसँगै हेडवर्क्सको पनि काम अघि बढिरहेको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएकाे छ ।