कालापानी नजिकैको गाउँ छा’ङ्गरुमा बन्नेभयो नमस्तेको टावर

दार्चुला : जिल्लाको कालापानी नजिकैको गाउँ छा’ङ्गरुमा नेपाल टेलिकमले नमस्तेको टावर निर्माण शुरु गरेको छ । स्काइ टावर मात्रै सञ्चालनमा रहेको व्यासको छा’ङ्गरुमा टेलिकमले नमस्तेको टा’वर निर्माण शुरु गरेको हो ।टावर नि’र्माणका लागि ज’ग ख’न्ने काम शुरु गरिएको छ । हेलिकोप्टरमार्फत टा’वरका समान ढु’वानी शुरु भएपछि टा’वरका लागि चाहिने ज’ग ख’न्ने काम शुरु भएको हो ।छा’ङ्गरु गाउँको स्वा’स्थ्यचौकी भवन नजिकै नेपाल टेलिकमको टा’वर निर्माण हुन लागेको हो ।

टेलिकमका लागि चाहिने भवन यसअघि नै सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत वर्ष नि’र्माण गरिएको छ ।दुईवटा भवन निर्माण भइसकेको छ, व्यासका स्थानीय जगदीशप्रताप ऐतवालले भन्नुभयो, घर बनिसकेको छ, टा’वरका लागि चाहिने ज’ग ख’न्ने काम सोमबारदेखि शुरु गरिएको छ ।सरकारले त्रि’देशीय सीमा क्षेत्र पर्ने व्यासमा सञ्चारको प’हुँच पु’र्याउने उद्देश्यले नमस्तेको टावर निर्माण शुरु गरेको हो । व्यासमा स’शस्त्र प्रहरी ब’ल नेपाल नम्बर ५० गुल्म स्थापना भएपछि यो क्षेत्रमा झनै सञ्चार आवश्यक परेको थियो ।

गृह मन्त्रालयले व्यासको विकासका लागि विशेष प्याकेज बनाएर काम थालेसँगै टेलिकमको टावर पनि निर्माण शुरु गरिएको हो । नमस्तेको टावर ज’डान भएपछि भारतले अतिक्रमण गरेका तीन गाउँ, नावी, गुञ्जी र कुटीगाउँसम्म यसको पहुँच पुग्नेछ ।कालापानी देखिने डाँडामै नमस्ते फोनको रिपिटर टावर राखिँदैछ । त्यो ठाउँबाट कु’टीसम्मको गाउँ देख्न सकिन्छ भने भारतीय सुरक्षा अधिकारीलाई सहजै नेपाली सिम प्रयोग गर्न मिल्नेछ ।यसअघि पनि व्यासको छाङ्गरुमा रहेको स्काइ टावरले छा’यालेक, बु’दी, गव्र्’याङ्गका ना’गरिकलाई सहजरूपमा नेपाली फोनको सुविधा पुगेको थियो ।

टावर निर्माणका लागि १८० क्विन्टल बढी टेलिकमका टावर तथा समान ढुवानी भइरहेको व्यास गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो ।हि’मपात हुनुअघि नै टावर नि’र्माण गरेर सञ्चालन गर्ने तयारी छ । टावर सञ्चालनका लागि टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङ व्यासको छा’ङ्गरु हेलिकोप्टरमार्फत पु’ग्नुभएको छ ।