फेसबुकमा कोरोना भएको स्ट्याटस पोष्ट गरेको ४ घण्टापछि पक्राउ

काठमाडौं । बैकिङ कसुर अन्तर्गत चे’क बा’उन्सको मु’द्दामा सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अध्यक्ष थापालाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्याम ज्ञवालीले उनलाई कालिमाटीबाट पक्राउ गरिएको जानकारी दिनुभयो । काठमाडौं प्रहरी प्रमुख ज्ञवालीका भने, उनीवि’रूद्ध झविन्द्रप्रसाद बञ्जाडेले उ’जुरी दिएको र ’सञ्चालकलाई एक करोडको चेक बा’उन्स गरेको हुँदा पक्राउ गरेको हौ ।

पक्राउ पर्ने निश्तित भए पश्चात सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले आफ्नो फेसवुक स्ट्याटसमा आफुलाई कोरोना भएकोमा १५ दिनका लागि भनेर पोष्ट समेत गरेका थिए । पक्राउ पर्न चार घण्टा अघि थापाले आफुलाई कोरोना भएको स्ट्याटस फेसबुकमा पोष्ट गरेका थिए । उनलाई कोरोना भएको हो या होइन भन्ने विषयमा भने प्रहरीले भोलि बिहीबार बुझ्ने भएको छ ।