रुसमा निर्मित कोरोनाबि’रुद्धको भ्याक्सीनले ९२ प्रतिशत प्रभावकारिता देखायो

एजेन्सी । विश्व समुदायले आशा गरेको रुसमा निर्मित स्पु’तनिक फाइभ नामक कोरोना भाइरसको भ्याक्सिनले ९२ प्रतिशत प्रभावकारिता देखाएको छ । रुसको सार्वभौम वे’ल्थ फन्डले बुधबार अन्तरिम परीक्षण गर्दै यो तथ्य सार्वजनिक गरेको हो ।विश्वभरी कोरोना महामारी फै’लिएपछि विश्वका श’क्ति सम्पन्न मुलुकहरुले भ्याक्सीन निर्माणमा हो’डबाजी गरिरहेका छन् । होडबाजीमा रुस अगाडि रहेको छ । उसले निर्माण गरेको भ्याक्सीन २ पटक प्रयोग गरेका ९२ प्रतिशत मानिसमा कोरोना संक्रमणको जो’खिम नरहेको भ्याक्सीन बिकासमा भूमिका खेलिरहेको रसियन डा’इरेक्ट इ’न्भेस्टमेन्ट फन्डले जनाएको छ ।

उसले २ दिन अघि मात्रै सो भ्याक्सीनले ९० प्रतिशत काम गरेको भनेर सबैभन्दा पहिला घो’षणा गरेको थियो । उसले बुधबार भ्या’क्सीनको विवरणसमेत सार्वजनिक गरेको छ । विरणमा उसले १६ हजार मानिसमा दिइएको भ्या’क्सीनले त्यसको ९२ प्रतिशत मानिसमा कोरोना संक्रमाणको संभावना नभएको उल्लेख गरेको छ ।यो तेस्रो चरणको परीक्षण हो । रुस सरकारले सो भ्या’क्सीन निर्माणका लागि गएको अगष्टमै स्वीकृती दिएको थियो । हालको प्र’भावकारिताको दा’वी तथ्यमा आधारित रहेर फन्डका प्रमुख कि’रिल डि’मिट्रिएभले जि’किर गरेका छन् ।