जापानमा पनि को’भिडका संक्रमितहरु ब’ढ्दै

टोकियो(एजेन्सी) । जापानमा पनि को’रोनाभाइरस संक्रमितको संख्या ब’ढ्न थालेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।यहाँका स्थानीय अधिकारी र सो मन्त्रालयले राजधानी टोकियोमा पछिल्लो समयमा यस भााइरसका संक्रमितहरु ब’ढ्न थालेको जनाएका हुन् ।जापानमा मंगलबार मात्र १ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका छन् । जापानको राष्ट्रिय टेलिभिजन ए’नएचकेका अनुसार यहाँ मंगलबार मात्र १ हजार २७९ जना संक्रमित थपिएका हुन् ।जापानमा मंगलबार १ हजार २७९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै अहिलेसम्म यहाँ कोभिड–१९ बाट संक्रमित हु’नेको संख्या १ लाखभन्दा ब’ढी पुगेको बताइएको छ ।

यहाँ कोरोना भाइरसका संक्रमितहरुको संख्या १ लाख १० हजार ६१६ पुगेको जापानको स्थानीय अधिकारी तथा स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध त’थ्यांकहरुमा उल्लेख गरिएको छ ।जापानमा पुगेको सो तथ्यांक सन् २०२० को सुरुमा डा’यमण्ड प्रि’न्सेस नामक पानी जहाजमा यो’कोहोमा रहेका ७१२ संक्रमितरु प्नि स’मावेश गरिएको छैन ।जापानमा कोरोना भाइरस संक्रमणका कारण मृ’त्यु हुनेको संख्या १ हजार ८६४ जना पु’गेको छ । सो पानी जहाजका १३ सहित मृ’त्यु हुनेको संख्या त्यति पुगेको हो ।जापानमा मंगलबार मात्र पनि १५ जनाको यस संक्रमणबाबट ज्या’न गएको बताइएको छ ।

जापानले विदेशीहरूका लागि अक्टोबर १ देखि प्रवेशमा स’हज बनाएको छ । यद्यपि पर्यटक आवागमनलाई भने अझै अ’स्वीकार गरिएको छ ।तर पनि पछिल्लो समयमा जापानमा कोभिड १९ का संक्रमितहरुको संख्या भने ब’ढ्दो रहेको देखिएको छ ।अधिकारीहरुले राजधानी टोकियो र बाहिर पनि यसको संक्रमण ब’ढ्दै गएको बताएका छन् ।