प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) को मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण भएको छ ।प्रधानमन्त्री निवासमा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार फेसबुकमार्फत सार्वजनिक गर्नुभएकाे हाे । बालुवाटारमै हेलिप्याड बनेपछि प्रधानमन्त्री ओली बुधबार संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा विमानस्थल नगई बालुवाटारबाटै हेलिकप्टर चढेर जानुभएकाे थियाे ।‘प्रधानमन्त्रीज्यू नेपाली सेनाकाे हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा हिजाे २०७७ साल कात्तिक २६ गते नवनिर्मित हेलिप्याडबाट नै पहिलाे उडान गरिएकाे थियाे।’

प्रेस सल्लाहकार थापाले भन्नुभएकाे छ,‘साँझ निवास फर्किँदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएकाे थियाे।’बालुवाटारमै हेलिप्याड बनेपछि अब प्रधानमन्त्री ओलीले हेलिकप्टरमा बाहिर जाँदा विमानस्थलको बाटो प्रयोग नगर्ने र यसले सर्वसाधारणलाई जामको सास्ती नहुने थापाले गर्नुभएकाे छ । उहाँले भन्नुभएकाे छ- ‘यसबाट अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान-आउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन ।’