डाक्टर गोविन्द केसीलाई कोरोना पोजेटिभ

काठमाडौं , बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए। पिसिआर परीक्षण गर्दा आज उनको रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। ‘उहाँलाई श्वा’सप्रश्वासमा समेत स’मस्या भएको छ’, उनले भने। उनको अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको सुवेदीले बताए। डा केसीले चिकित्सा शिक्षा सु’धारका लागि विगत लामो समयदेखि आवाज उठाउँदै आइरहेका छन्।