अमेरिकी राष्ट्रपति ट्रम्प र नवनिर्वाचित बाइडेन-ह्यारिसले दिए दीपावलीको शुभकामना

काठमाडाैँ, ३० कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प र नवनिर्वाचित राष्ट्रपति तथा उपराष्ट्रपति जो बाइडेन/कमला ह्यारिसले हिन्दूहरूकाे पर्व दीपावलीकाे अवसरमा शुभकामना दिएका छन् ।विद्यमान राष्ट्रपति ट्रम्पले दीपावलीमा दियोको प्रकाश बढ्दै जाँदा त्यसले हामीलाई सकारात्मक आशातर्फ डोर्याउने बताउँदै शुभकामना व्यक्त गरेका छन् । उनले ट्विटरमा दीप प्रज्वलन गरिरहेकाे तस्वीर राखेका छन् ।उता, नवनिर्वाचित तर पदभार ग्रहन गरिनसकेका राष्ट्रपति जो बाइडेनले भने दीपावली मनाउने सबै समुदायलाइ सम्बाेधन गर्दै ट्विटरबाटै शुभकामना दिएका छन् ।

बाइडेनले भनेका छन्, ‘करौडौँ हिन्दू, जैन, शिख र बौद्ध धर्मावलम्बी उज्यालोको पर्व मनाइरहेका छन् । जिल बाइडेन र मेरो तर्फबाट दीपावलीको शुभकामना, तपाईँको नयाँ वर्ष आशा र खुसीले भरपूर होस् !’साथै, नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले पनि ट्वीटबाटै दीपावलीको शुभकामना दिएकी छिन् । उनी भारतीय मूलकी मानिन्छन् ।