नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमलाका श्रीमान जागिर छाड्ने तयारीमा

एजेन्सी । नवनिर्वाचित अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान डग एमहाफले जागिर छाड्ने भएका छन् । श्रीमती ह्यारिसका सहयोगका लागि उनले गरिहेको जागिर छाड्ने तयारीका रहेको अमेरिकाका समाचारमाध्यमहरुले उल्लेख गरेका छन् ।निर्वाचित भइसकेका कमला आगामी जनवरी २० मा पद ग्रहण गर्नेछिन । तर उनका श्रीमान डग एमहाफ भने कमलाको उम्मेदवारी घोषणा हुँदा देखि नै जागिरबाट बिदामा रहेका बताइएको छ । अब जागिर छाडेपनि उनले कुनै सरकारी पद भने नलिने घोषणा गरिसकेका छन् ।

उनले आफ्नो श्रीमती सफल भएको हेर्न चाहेकाले उनकाे सहयाेगमा लाग्ने बताएका छन् । जागिर छाडेर भएपनि सहयोग गर्ने प्रतिबद्धता अनुसार आफूले राजीनामा दिन लागेको प्रतिकृया दिएका छन् । डग एमहाफ यहूदी मूलका नागरिक हुन् । उनी वकिल पेशामा आबद्ध रहेका छन् ।