काठमाण्डौको झिलिमिलि हेर्ने मन्त्री पुन चन्द्रागिरिमा

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन राजधानीको चन्द्रागिरि डाँडामा पुगेर विद्युत आपूर्ति के कस्तो छ भनेर अवलोकन गरेका छन। ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ,नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सहितको टोली चन्द्रागिरि हिल्स पुगेर अवलोकन गरेका हुन् । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँगै शनिबार साँझ नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडीसी)को कन्ट्रोल रुममै बसेर तीन घण्टा बढी विद्युत आपूर्तिको व्यवस्थापनमा खटिएर सिधै चन्द्रागिरि पुगेका थिए ।

उनले अघि भने, ‘हामीले पि’क आ’वरमा ब’ढीमा ११ सय ५० मे’गावाटसम्म वि’द्युत खपत हुने अपेक्षा गरेका थियौँ । तर, करिब ११ सयको व’रिपरिमात्रै ख’पत भयो । नेपालीहरुको दोश्रो ठू’लो चाड तिहारअन्तर्गतको लक्ष्मी पूजाका दिन पनि कतैबाट गु’नासो आएन सबैले झिलिमिली बत्ती बाल्ने वातावरण निर्माण भयो हामीले सवै अ’वलोनक गर्यो मन्त्री पुनले भने ।मन्त्री पुनले पनि धेरै मेहनत गरेर नयाँ कार्यकारी निर्देशक र भार प्रेषण केन्द्रका कर्मचारीले तिहारको लो’ड व्यवस्थापन गर्न सफल भएको भन्दै धन्यवाद दिए ।

मन्त्री पुनले व्यवस्थित योजनासहित माग र आपूर्तिको व्यवस्थापन गरिएकाले कतै बत्ती नजाने भन्दै ढु’क्कले उज्यालोमा तिहार मनाउन सम्पूर्ण नेपालीमा अ’पीलसमेत गरे । उनले देशभरका सबै विद्युत उत्पादन, बितरण र प्रशारण केन्द्रका प्रमुखहरुलाई तिहार अ’वधिमा कतै नगई पूर्ण नि’गरानीका साथ रहन निर्देशन समेत दिएका थिए ।