नेकपा नेता भुसालको मृ’त्यु

राँझा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना सङ्क्रमणबाट आज मृ’त्यु भएको छ ।कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भ’र्ना गर्ने क्रममा साँझ ५ः१५ बजे मृ’त्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।उनका अनुसार मु’टुसम्बन्धी रो’गबाट ग्र’सित भुसाललाई कात्तिक ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आ’इसोलेशनमै रहेका थिए ।

थप उपचारको लागि भेरी अस्पताल ल्याई भ’र्ना हुन जाने क्रममा उनको नि’धन भएको हो ।मृ’तक भुसाल नेकपा बाँके जिल्ला क’मिटी सदस्य थिए । नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले भुसालको नि’धनले नेकपाले एक कु’शल नेता गुमाएको बताए ।यो सँगै बाँकेमा कोरोना सङ्क्रमणका कारण ज्यान गु’माउनेको सङ्ख्या ३७ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेका अस्पतालमा उपचारको क्रममा आई ३८ जनाको मृ’त्यु भएको छ । रासस