भरतपुर अस्पतालका मेसू पाण्डेद्धारा रा’जिनामा

भरतपुर । भरतपुर अस्पतलाका प्रमुख मे’डिकल सु’पेरीटेण्डेण्ट डा.राजन पाण्डेले राजिनामा दिनुभएको छ । अस्पतालमा आएको दुई महिनामै पाण्डेले आज रा’जिनामा दिनुभएको हो ।चिकित्सक मान्छे अस्पतालको व्यवस्थापन पक्ष समालेर काम गर्न रमाइलो लागेन उहाले भन्नुभयो, “आज(बुधवार)स्वास्थ्य विभागमा रा’जिनामा पत्र बुझाएको छु । तर, उहाँको रा’जिनामा स्वीकृत भैसकेको छैन् । पाण्डे भदौको २८ गते भरतपुर अस्पतालमा मेडिकल सु’परीटेण्डेण्टको रुपमा हाजिर हुनुभएको थियो ।यो अवधिमा साँघुरो रहेको आकस्मिक कक्षको काम अगाडी बढाउनुभएको थियो ।

त्यस्तै लामो समय रोकिएका खरिद प्रकृया र पिसिआर परीक्षणलाई व्यवस्थित बनाउँदै लगेको उहाँले बताउनुभयो । राजिनामा दिएपछि डा.पाण्डे भोलिदेखि बि’दामा बस्दै हुनुहुन्छ । उहाँले निमिक्त मेसूको जिम्मा डा.जगन्नाथ तिवारीलाई दिनुभएको छ । अस्पताल भित्रको राजनिती र खिचातानीको कारण रा’जिनामा दिएको बुझिएको छ । तर, यस बिषयमा पाण्डेले केही बोल्न चाहेनन् । भरतपुर अस्पतालमा राजनीतिको कारण पटक पटक मेसु फेरिने गरेका छन् । उनी अस्पतालका ४१औं मेसुका हुन् । यस अघि श्रीराम तिवारीले १४ महिना काम गरेर केन्द्रिय का’रागार अस्पतालमा स’रुवा भएको थियो ।