सबैले सा’मुहिक रा’जीनामा दिउँ

काठमाडौं, नेकपा महासचिव विष्णु पौडेलले सो पार्टीको केन्द्रीय सचिवालयका सबै सदस्यले सा’मुहिक रा’जीनामा दिई नयाँ नेतृत्व चयनको प्रक्रियामा जान प्रस्ताव गरेका छन्। महासचिव पौडेलले आज बुधबार बसेको सचिवालय बैठकमा सो प्रस्ताव गरेका हुन्। ‘हामी सबै असक्षम भयौं, त्यसैले सबैले सा’मुहिक रा’जीनामा दिउँ र स्थायी क’मिटीमा जाउँ, त्यहिँबाट नेतृत्व ल्याउँ,’ पौडेलले सचिवालय बैठकमा प्रस्ताव गरे। पार्टीमा देखापरेका एकपछि अर्को संकट स’माधानमा अहिलेको सचिवालयको ने’तृत्व असक्षम भएको भन्दै पौडेलले सो प्रस्ताव गरेका हुन्।

पौडेलले यदि नेकपाको सचिवालय समस्याको स’माधान गर्न अ’समर्थ र स’मस्या सि’र्जना गर्ने थलो भएको हो भने यसको प्र’योजन सकिएको बताए। ‘अहिलेको आवश्यकताअनुसार आ’न्दोलनलाई ने’तृत्व गर्न नसक्ने भयौं। तसर्थ सचिवालय सदस्यबाट सा’मूहिक रा’जीनामा दिएर स्थायी क’मिटीका सदस्यहरुलाई पार्टी नेतृत्व सुम्पौं,’ उनले बैठकमा भनेका थिए, ‘यही अवस्था हो भने कम्युनिष्ट आ’न्दोलनको म’लामी हुन पनि तयार होऔं।’