गिनिज बुकमा नेपालका थानेश्वरको यस्तो चमत्कार

एजेन्सी । चर्चामा आउनका लागि मानिस हरेक हर्कत गर्दछन् । कोही आफ्नो क्षमता र प्रतिभाका कारण चर्चामा आउँछन् त कोही अनौठा गतिविधि गरी चर्चामा आउने गर्दछन् । मान्छेका यिनै अनौठा क्रियाकलापलाई गिनिज बुकमा रेकर्ड राख्ने गरिएको छ । यहाँ यस्तै केही मानिसहरुका रेकर्डहरुका बारेमा चर्चा गरिएको छ ।नीलांशी पटेलः सन् २०१९ मा गुजरातकी नीलांशी पटेलले किशोर अवस्थामा सबैभन्दा लामो कपालका लागि रेकर्ड बनाएकी थिइन् र उनले १९० सेन्टीमिटर लामो कपालमा विश्व कीर्तिमान राखेकी थिइन् ।

पीटर ग्लेजब्रुक: खानामा प्याजको सलाद खाने त तपाईंले धेरै नै देख्नुभएको छ तर प्याजलाई नै अँगालोमा राखेर माया गर्ने त सायदै देख्नुभएको छैन होला । बेलायतका पीटर ग्लेजब्रुक संसारका सबैभन्दा ठूलो प्याजका मानिस हुन् । उनले रेकर्ड राखेको प्याजको तौल ८ किलो भन्दा धेरै रहेको छ ।रामसिंह चौहानः भारतको राजस्थानका रामसिंह चौहान आफ्नो लामो जुंगाका कारण चर्चामा छन् । उनले आफ्नो यहि जुंगामा विश्व रेकर्ड राखेका छन् । राम सिंहको जुंगाको लम्बाई १४ फिट रहेको छ । यो जुंगा उनले ३९ वर्ष नकाटी पालेका हुन् ।

ज्योति अमागेः भारतकै नागपुरमा बसोबास गर्ने ज्योति अमागेले सबैभन्दा कम उचाई भएकी महिलाको रेकर्ड बनाएकी छन् । उनको उचाई मात्र २४.७ इन्च छ । उनले आफ्नो १८ औं जन्मदिनका अवसरमा सन् २०११ मा यो रेकर्ड बनाएकी थिइन् ।थ्री डी पेन्टिङ्: बेलायतका कलाकार जो हिल्सको नाम संसारको सबैभन्दा ठूलो थ्री डी पेन्टिङ बनाउनेमा रेकर्ड कायम गरेका छन् । करीब १२,०० स्वायर फिटको यो पेन्टिङ उनले लण्डनको केनरी वर्फमा बनाएका थिए । यो पेन्टिङको दृष्य अग्लो स्थानबाट हेर्दा तपाई आफैं आत्तिनु हुन्छ ।

स्वेलाना पेक्रातोवाः रुसकी ४९ वर्षीया स्वेलाना पेक्रातोवा संसारमा सबैभन्दा लामो खुट्टा भएकी महिला हुन् । ५१.९ इन्च लामो उनको खुट्टा गिनिज विश्व रेकर्डमा दर्ता छ ।इजोबेल वेर्लीः इजोबेल वेर्लीको नाम शरीरमा सबैभन्दा धेरै ट्याटु खोप्नेमा पर्दछिन् । उनले ४९ सालको उमेरमा आफ्नो पहिलो ट्याटु खोपाएकी थिइन् । उनको शरीरको ९३ प्रतिशत भाग ट्याटुले ढाकिएको थियो । सन् २०१५ मा ७७ वर्षको उमेरमा उनको मृत्यु भयो ।क्रिस वाल्टनः क्रिस वाल्टनको नाम संसारमा सबैभन्दा लामा नङ पाल्नेको नाममा विश्व रेकर्ड रहेको छ ।

उनको बायाँ हातको नङ १० फिट २ इन्च लामो छ भने दायाँ हातको नङ ९ फिट ७ इन्च रहेको छ । उनले १८ वर्षको उमेरदेखि आफ्ना हातमा नङ पाल्न थालेकी हुन् ।थानेश्वर गुरागाईः नेपाली युवक थानेश्वर गुरागाई टुथब्रसमा लामो समयसम्म फुटबल घुमाउनेमा विश्व रेकर्ड बनाउनेमा पर्दछन् । उनले २२.४१ सेकेण्डसम्म यसो गरेर बेलायतका थोमस कनर्सले बनाएको रेकर्ड तोडेका छन् ।कजुहिरो बतानबेः जापानका फेसन डिजाइनर कजुहिरो बतानबे टाउकोमा सबैभन्दा लामो टुप्पी राख्ने मानिस हुन् । गिनिज विश्व रेकर्डका अनुसार बतानबेले आफ्नो शीरमा ३ फिट ८.६ इन्च लामो टुप्पी राखेर आफ्नो कीर्तिमान स्थापित गरेका थिए ।

राल्फ बुचोल्जः जर्मनका यी व्यक्तिको अनुहारमा सबैभन्दा धेरै अनुहार छेडेका छन् । उनले ४५३ ठाउँमा अनुहारमा छेडेका छन् ।शी पिङ्गः चीनका शी पिङ्ग शरीरमा करीब ३ लाख ३१ ह्जार मौरी राखेर विश्व रेकर्ड बनाएका थिए । यी मौरीको वजन करीब ३३ किलोग्राम थियो । यो उनले सन् २००८ मा रुआन लियांमिङको रेकर्ड तोडेका हुन् ।