रामेछापमा बलेरो दु’र्घटनाः १ जनाको नि’धन घा’इतेलाई काठमाडौं पठाइयो

४ मंसिर २०७७, बिहीबार रामेछाप ।रामेछाप सुनापती गाउँपालिका–४ बेथानमा बलेरो दु’र्घटना हुँदा एक जनाको नि’धन भएको छ । काठमाडौंबाट दोरम्बा गाउँपालिकातर्फ जादै गरेको बा १० च ५५९८ नम्बरको बलेरो गाडी दु’र्घटना हुँदा एक जनाको नि’धन भएको छ भन नौ जना ग’म्भीर घा’इते भएका छन् ।सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खडक घिसिङले गाडी दु’र्घटनामा परी करिब १० बर्षिय बालिकाको नि’धन भएको जानकारी दिनुभयो । उहाँका अनुसार गाडीमा १२ जना सहभागी रहेका थिए ।

गाडी दु’र्घटना हुँदा गम्भीर घाइते भएका पाँच जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको बताउदै घिसिङले बाँकीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको बताउनुभयो ।त्यस्तै रामेछापको मन्थली नगरपालिकाको मच्छेडाँडीमा भएको ट्याक्सी दु’र्घटनामा परी चालकसहित ८ जना घा’इते भएका छन् । दु’र्घटनामा परी घा’इते हुनेहरुमा रामेछापको मन्थली नगरपालिका ८ चिसापानी बस्ने २३ वर्षीया विना मगराती, उहाँको ७ वर्षीया छोरी विपना मगराती र १८ महिने छोरा रहेका छन् । यस्तै, झापाको गरुडा नगरपालिका २ की २७ वर्षीया गंगा बस्नेत उहाँको ६ वर्षीया छोरी प्रेरणा वस्नेत, ३ वर्षीय छोरा प्रेम वस्नेत र सोही स्थानका चालक ५६ वर्षीय चिरञ्जीवि वस्नेत रहेका छन् ।

यसैगरी, सोही दु’र्घटनामा परी मन्थली नगरपालिका ४ सालुका ३४ वर्षीय रामकुमार विसुन्खे पनि सोही दु’र्घटनामा परी घा’इते भएका छन् । मन्थली नगरपालिका ४ सालुबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ क ९४४ नम्बरको ट्याक्सी सोही नगरपालिकाको वडा नम्बर १ स्थित मच्छेडाँडीमा भएको दु’र्घटना परी उनीहरु घा’इते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार उनीहरु सबै जनाको तामाकोशी अस्पताल मन्थलीमा उपचार भइरहेको छ । घा’इते सबै जनाको अवस्था सा’मान्य रहेको छ ।