मास्क नलगाए २ हजार ज’रिवाना, विवाहका लागि दिइएको छुट फिर्ता

नयाँदिल्ली । दिल्लीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि क’डाइको तयारी गरिएको छ । विवाहका लागि दिइएको छुट फिर्ता लिएसँगै अब दिल्लीमा मास्क नलगाउने व्यक्तिमाथि का’रबाही गरिने भएको छ ।दिल्लीमा अब मास्क नलगाउने व्यक्तिले दुई हजार रुपैयाँ ज’रिवाना तिर्नुपर्ने भएको छ । मुख्यमन्त्री अरविन्द केजरिवालले उपराज्यपाल अनिल बैजलसँग यसबारे छलफल गरेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।यसअघि दिल्लीमा मास्क नलगाउने व्यक्तिलाई पाँच सय रुपैयाँ ज’रिवाना तो’किएको थियो ।

मुख्यमन्त्री केजरिवालले बिहीबार दिल्लीमा कोही मास्क न’लगाएको फेला परे दुई हजार रुपैयाँ ज’रिवाना गरिने बताएको समाचारमा उल्लेख छ । यसका साथै केजरीवालले वि’पक्षी दलहरुसँग कोरोनाको समयमा राजनीति नगर्न र दिल्लीवासीलाई घरमै बसेर छठ पर्व मनाउनसमेत आग्रह गरेका छन् ।