प्रचण्डलाई ओलीको चु’नौतीः आ’रोप पुष्टि गर्न नसके अध्यक्ष पद छो’ड्नुपर्छ

काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको सं’गिन आ’रोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चु’नौती दिएका छन् ।प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले लगाएको आ’रोप र ला’ञ्छना पुष्टि भएमा आफूले पद छो’ड्ने र पुष्टि गर्न नसकेमा प्रचण्डले नै अध्यक्ष पद छो’ड्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आरोप लगाउनेले पुष्टि गर्न नसके प’दत्याग गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डको प’दमाथि पहिलोपटक प्रश्न उठाएका हुन् ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रधानमन्त्री ओलीले बुधबारको सचिवालय बैठकमा प्रचण्डको अ’भियोगपत्रको जवाफ दिन १० दिनको समय माग गर्दै अभियोग लगाउनेले अ’भियोगको पुष्टि गर्न नसके त्यसको जि’म्मेवारी प्रचण्डले लिनुपर्ने बताए । प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद ओलीले छो’ड्नुपर्ने उद्देश्यसहित अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनको जवाफ अर्को बैठकमा ओलीले दिने तयारी गरेका हुन् ।बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप सही ठ’हरिए आफूले दुवै पद छा’ड्ने र ग’लत ठ’हरिए आरोप लगाउने अर्का अध्यक्ष दाहालले नै आफ्नो प’द त्याग्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।