चीनमा यति धेरै मान्छेले लगाए कोरोना खोप ( संख्या सहित )

एजेन्सी । चीनको राष्ट्रिय फार्मासियुटिकल समूह, सिनोफार्मले बनाएको कोरोना विरूद्धको खोप परीक्षणका लागि करिब १० लाख मान्छे सहभागी भएका छन्। रोयटर्सका अनुसार देशभर यो खोपको आकस्मिक परीक्षण गरिएको हो ।चीनले आफ्नो खोपको आकस्मिक परीक्षण गत जुलाइमा सुरू गरेको थियो । यो क्रममा तीन प्रकारका खोप प्रयोग गरिएका थिए । यी खोप कति सुरक्षित र प्रभावकारी छ भन्नेबारे क्लिनिकल रूपमा पुष्टि भने भइसकेको छैन ।तै पनि यो खोप लगाएकाहरूलाई कुनै पनि किसिमका गम्भीर असर वा साइड इफेक्ट नदेखिएको रोयटर्सले जनाएको छ ।

जसले यो आकस्मिक खोप लगाएका थिए उनीहरूले पनि कुनै नकारात्मक असर नभएको बताएका सिनोफार्मका अध्यक्ष लियु जिङजेनले एक अन्तर्वार्तामा भनेका छन्।परीक्षणमा समावेश गरिएका तीनमध्ये दुई खोप सिनोफार्मकै अनुदानमा चाइना नेसनल बायोटेकले विकास गरेको हो भने अर्को सिनोभाक बायोटेकले विकास गरेको हो। यीमध्ये कुन चाहिँ खोपको नकारात्मक असर नभएको वा कुन खोप सबभन्दा बढी लगाइएको भन्ने बारे लियुले कुनै जानकारी दिएका छैनन्। रोयटर्सका अनुसार सिनोफार्मका खोपले शरीरमा निष्क्रिय भाइरस प्रवेश गराउनेछ जुन मानव कोषमा विकास हुन सक्दैन।