मन्त्री पदभार सम्हालेको साढे २ घण्टामै राजीनामा !

एजेन्सी । बिहारका शिक्षामन्त्री मेवालाल चौधरीले पदभार ग्रहण गरेको साढे २ घण्टामै राजीनामा दिएका छन् । उनले बिहीबारमात्रै शिक्षामन्त्रीको पदभार सम्हालेका थिए । उनको यो राजीनामा स्वीकृत गरिएको छ । राज्यपाल फागु चौहानले उनलाई पदबाट हटाउने निर्णय गरेका थिए । चौधरीले नीतीशकुमारसँगै १६ नोभेम्बरमा क्याबिनेट मन्त्रीको रुपमा सपथ लिएका थिए । मेवालालको राजीनामा पछि उनको विभागमा अब अशोक चौधरी आउने जनाइएको छ । मेवालाल चौधरीलाई क्याविनेटमा सामेल गरे लगत्तै नीतीश सरकारले यसप्रति असन्तुष्टि जनाएको छ ।

मेवालाल लाई सन् २०१० मा बिहार कृषि विश्व विद्यालयको कूल पति हुँदा आर्थिक घोटाला लगायतका अन्य आ’रोप लागेको थियो । बिहारमा हालै सम्पन्न भएको विधानसभा निर्वाचनमा जित हात पारेको एनडीए गठ बन्धनको तर्फबाट गत सोमबार चौधरीले मन्त्रीको शपथ लिएका थिए । एनडीएले यो निर्वाचनमा अ,पराध, भ्र’ष्टाचार र साम्प्रदायिकतामा कहिले पनि सम्झौता नगर्ने दाबी गर्दै आएको थियो । विरो’धपछि एनडीएले उनलाई पदबाट राजीनामा दिन लगाएको हो ।