‘सूर्य चन्द्र अंकित मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक

काठमाडौं : मेलवर्न (अष्ट्रेलिया), ५ मंसिर । भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत कार्यालयले आफ्नो १२ औं वार्षिकोत्सव र छठ पर्वको अवसरमा ‘सूर्य चन्द्र अंकित मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक गरेको छ । साहित्यकार निरु त्रिपाठीको शब्द, बरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यको संगीत तथा गायिका अस्मिता अधिकारीको आवाजमा ‘सूर्य चन्द्र अंकित मेरो देश’ राष्ट्रिय गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियो लाई मेलवर्नमै छायाङ्कन गरिएको हो । जीवन रसाइलीको निर्देशनमा बनेको गीतको भिडियोमा मेलवर्नमै रहँदै आएका समृद्धि (शाम) डाहा, राहुल गजमेर लगायतको अभिनय रहेको छ ।

महावाणिज्यदूत चन्द्र योन्जनले कार्यालयले नेपाली भाषा, संस्कृति, पर्यटन र व्यवसाय प्रवद्र्धन गरिरहँदा नेपाली गीत संगीतको पनि प्रवद्र्धन गर्नुपर्छ भन्ने हेतुले उक्त देशभक्ती गीतको भिडियो सार्वजनिक गरिएको बताए। महावाणिज्यदूत कार्यालयको जनसम्पर्क अधि कृत तथा सचिवसमेत रहेकी गीतकार त्रिपाठीको यो दोस्रो गीत हो । विदेशमा बसिरहँदा पनि स्वादेशलाई महसुस गरेर राष्ट्रिय गीत लेख्दा मनमा आनन्द लाग्ने उनले बताइन् ।