देशको नेतृत्व ओली जस्ता जनयु’द्ध विरोधीको हातमा पुग्नु विडम्बनापूर्ण : डा.भट्टराई

काठमाडौं: १० वर्षदेखिको सशस्त्र द्व,न्द्व अन्त्य गर्दै तत्कालीन माओवादी र सरकारबीच भएको शान्ति सम्झौताको सम्झना गर्दै तत्कालीन एक योद्धा डा.बाबुराम भट्टराईले आफूहरूको ‘त्यत्रो विशाल क्रान्ति’बाट प्राप्त गणतन्त्रको नेतृत्व प्रधान मन्त्री केपी शर्मा ओलीजस्ता ‘जन यु,द्ध विरोधी’को हातमा पुग्नु विडम्बना भएको टिप्पणी गरेका छन्। शान्ति सम्झौता भएको १४ वर्ष पूरा भएको दिन आज मंसिर ५ गते पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराईले सामाजिक सञ्जालमा शान्ति सम्झौतामा हस्ताक्षर भइ रहेको तस्बिर राख्दै प्रधानमन्त्री ओलीको कडा आलोचना गरे का हुन्।

यस्तो छ डा.भट्टराईले फेसबुकमा लेखेको वक्तव्यको पूर्णपाठ : सा’मन्ती राजतन्त्र लाई अन्त्य गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न क्रा’न्तिकारी जन यु,द्धको नेतृत्व गर्दै आइ रहेको माओवादी र नेपाल सरकार बीच बृहत् शान्ति-सम्झौता भएको (२०६३ मंसिर ५ गते) आज १४ वर्ष पूरा! सत्यनिरुपण तथा मेलमिलाप आयोग र बे’पत्ता सम्बन्धी आयोगका काम अहिलेसम्म पूरा हुन नसक्नु खेदजनक! नेपाली इतिहासलाई ९ रेक्टर स्केलको भुइँचालोले झैं हल्लाइदिने त्यत्रो विशाल क्रा’न्तिपछि देशको नेतृत्व ओलीजस्ता जनयु,द्ध वि’रोधीको हातमा पुग्नु र शान्ति-सम्झौतामा भएका आर्थिक-सामाजिक रूपान्तरणका काम सम्पन्न हुन नसक्नु विडम्बनापूर्ण!

अब फेरि २० ५२ सालयताका जनयु,द्ध, जन आ’न्दोलन, मधेस जन वि’द्रोहर आ’न्दोलन, जनजाति आ’न्दोलन, थरुहटरथारुवान आन्दोलन लगायतका क्रान्तिकारी शक्तिहरूको बृहत् ध्रुवीकरण गरेर देशलाई अग्रगमन र समृद्धिको दिशामा लैजाने आँट गर्ने हो कि?