नेकपा अध्यक्ष पुष्पकमल दाहालद्वारा ओलीनिकट तीन नेताहरुसँग छुट्टाछुट्टै छलफल

काठमाडौं, ५ मंसिर । नेकपा अध्यक्ष पुष्पकमल दाहालले ओलीनिकट नेताहरुसँग पालैपालो छलफल गर्नुभएको छ । आज पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष दाहालले महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र सुवास नेम्बाङसँग छुट्टाछुट्टै छलफल गर्नुभएको हो ।नेकपाभित्रको गहिरिँदो विवाद भइरहेका बेला कार्यकारी अध्यक्ष दाहाल र महासचिव पौडेलका बीचमा मंसिर १३ गते हुने सचिवालय बैठकलगायतका विषयमा छलफल भए पनि निकास निस्कन भने अझै सकेको छैन । महासचिव पौडेलले अवस्था गम्भीर रहेको बताएपनि अध्यक्ष दाहालले भने समाधानहीन भएको तर्क गर्नुभएको थियो ।

यस्तै, उहाँले नेम्बाङ र पोखरेलसँग पनि छलफल गरेर विवादको घटनाक्रम र अवस्थाका बारेमा जानकारी गराउनुभएको बुझिएको छ ।खासमा अध्यक्ष दाहालले ओलीलाई बालुवाटारमा एक्लै नभेट्ने बताएसँगै ओली निकट नेताहरुलाई फकाउन पनि दाहालले भेटघाट गरिरहेको बुझिएको छ । गत मंसिर ३ गते प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले गत कात्तिक २८ गते लगाएको आरोप पत्रको जवाफ दिने प्रतिबद्धता जनाउँदै आरोप प्रमाणित नभएमा दाहालले राजीनामा दिनु पर्ने शर्त राखेपछि नेकपाभित्रको विवाद थप बल्झिएको छ ।