पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ६४ निको भए, थप २२ संक्रमितको मृ’त्यु

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३ सय ६४ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ हजार ३ सय ६४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १ लाख ९१ हजार २ पुगेको छ ।नेपालमा संक्रमण मुक्त हुने प्रतिशत ५ रहेको छ। त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या २४ हजार ६ सय ६५ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७ सय ५३ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ३ सय ४० जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १६ लाख ४३ हजार ८ सय ९९ जनाको पीसीआर परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको मृ’त्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या १ हजार २ सय ९८ पुगेको छ ।