१७ वर्षका किशोरले ४० करोडको सुपर कारको ध’ज्जी उ’डाएर भिडियो बनाए

काठमाडौं। १७ वर्षका एक किशोरले ४० करोडको सुपरकारको ध’ज्जी उ’डाएर भिडियो बनाएका छन् । यो इटलियन प’गायनी हुआएरा रोडस्टर सुपरकारको मूल्य ४.४ मिलियन डलर थियो र यो कार अमेरिकाको टे’क्सस राज्यको ड्या’लसमा दु’र्घटना भएको थियो । कारबजको रिपोर्टअनुसार यी किशोरको नाम गे’ज गि’लियन हो र उनका पिता अरबपति व्यवसायी हुन् ।गेजले यो घटनापछि एउटा भिडियो बनाएका छन् जसमा उनले दु’र्घटनाको बारेमा कुरा गरेका छन् । उनले आफूलाई जीवनमा दोस्रो मौका दिएकोमा भगवानलाई धन्यवाद दिएका छन् ।

कारको दु’र्घटना कसरी भयो भन्ने प्रस्ट भएको छैन । यो कार सिधै गएर एउटा रुखसँग ठो’क्किएको मानिएको छ । यो दु’र्घटनाको समयमा गेजसँग गाडीमा उनका युट्युबर साथी ज्याक वाकर थिए । रिपोर्टका अनुसार गेजका पिताले गएको जूनमा मात्र यो कार किनेका थिए । गेजका पितासँग र’ल्स रोय डन, फरारी, ले’म्बोर्गिनी र म्या’कलरेन कार पनि छन् । गेजका पिताको नाम टिम गि’लियन हो र उनी अमेरिकाको इ’क्विटी फर्म क्र’स इ’क्विटीका संस्थापक हुन् । रिपोर्टका अनुसार दु’र्घटनाको बेला कारका ए’यरब्याग खुलेका थिए । प्रत्यक्षदर्शीका अनुसार कार क्ष’तविक्षत भएको थियो । उनका अनुसार कारमा बसेकाहरु निकै भा’ग्यमानी थिए त्यसैले उनीहरुलाई चो’ट लागेन ।