८० करोड रुपैयाँ मूल्यका आइफोन बोकेको ट्रक रोकेर लु’टपाट

एजेन्सी , लुटेराहरुले एप्पल कम्पनीका आइफोन, आइप्याड र स्मार्ट वाचहरु बोकेर गइरहेको ट्रकलाई बाटोमा रोकेर ८० करोड रुपैयाँ बराबरका एप्पलका सामानहरु लु’टेका छन् । बेलायतको नर्थेम्पटनशायरमा लुटपाटको क्रममा लु’टेराहरुले ट्रक ड्राइभर र सु’रक्षा गा’र्डलाई बाँ’धेर छाडेको बीबीसीको रिपोर्टमा जनाइएको छ ।न’र्थेम्पटनशायस पुलिसका अनुसार साउथबण्ड स्लि’प रोडको वंक्सन १८ मा नोभेम्बर १० का दिन ग्रि’नविच समयअनुसार बेलुकी पौने ८ बजेदेखि ८ बजेको बीचमा भएको हो ।चो’री भएका सामानहरु आइफोन ११ एस, एयरपड र एप्पल वाचहरु थिए जसको मूल्य ५ मिलियन पाण्ड थियो ।

पुलिसले ती लु’टेराहरुले अवैध रुपमा ती सामानहरु बे’च्न चाहने अनुमान गर्दै यदि कसैले असामान्य अवस्थामा एप्पलका उत्पादनहरु अफर गरेको अवस्थामा पु’लिसलाई खबर गर्न आम जनतालाई आग्रह गरेको छ ।पुलिसका अनुसार ल’री रो’केर ड्राइभर र सु’रक्षागार्डलाई बाँधेपछि त्यो ल’रीलाई क्रि’कस्थित एल्डोन क्लोज लगिएको थियो जहाँ पछाडिको सामान राख्ने ट्रे’लरलाई लु’टेराहरुले अर्को ट्रकमा सा’रेर लिएर गएका थिए । अर्को ट्रक त्यहाँ पर्खेर बसिरहेको थियो । पुलिसका अनुसार लु’टेराहरुले ड्राइभर र सु’रक्षा गा’र्डलाई बाँ’धिएकै अवस्थामा छा’डेर गएका थिए ।