अफगानिस्तानमा पाकिस्तानी प्रधानमन्त्रीको वि’रोध

काबुल- अफगानिस्तानमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको वि’रुद्धमा यहाँका केही स्थानहरुमा ना’गरिकहरुले वि’रोध प्र’दर्शन गरेका बताइएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खान हाल अफगानिस्तानको भ्रमणमा गएको बेलामा उनका वि’रुद्धमा अफगानिस्तानका केही ठाउँमा वि’रोध भएको हो। पाकिस्तानले आतंकवादीहरुलाई बस्न दिएको र सहयोग गरेको भन्ने आरोपमा उनका वि’रुद्धमा यो प्र’दर्शन गरिएको बताइएको छ। हालैमात्र एक अन्तर्राष्ट्रिय प्र’तिवेदनमा पाकिस्तानमा आ’तंकवादीहरुको ब’सोबास रहेको भन्दै एक समाचार सार्वजनिक भएको थियो।

यसै विषयलाई लिएर अफगानिस्तानका केही स्थानमा पाकिस्तानले आ’तंकवादीलाई बस्न दिन नहुने भन्दै प्रधानमन्त्री इमरान खानका वि’रुद्धमा यो प्र’दर्शन गरिएको हो। प्रधानमन्त्री इमरान खान अफगानिस्तानका राष्ट्रपति अ’सरफ घा’नीको आमन्त्रणमा अफगानिस्तान भ्रमणका लागि बिहीबार का’बुल पुगेका छन्। खान प्रधानमन्त्री भएपछिको यो उनको पहिलो पटक अफगानिस्तान भ्रमण भएको बताइएको छ। उनले अफगानिस्तानमा रहँदा हाल अफगानिस्तान सरकार र त्यहाँका तालिबानहरुले थालेको शा’न्ति वा’र्ताको विषयमा कुराकानी गर्ने बताइएको छ।

हाल अफगानिस्तानको सरकार र यहाँ स’शस्त्र हिं’सा गरिरहेका ता’लिबानहरुका बीचमा शा’न्ति वार्ता शुरु भएको छ। गएको दुई महिनाअघिदेखि नै क’तारको दो’हामा शुरु भएको भनिएको सो वार्तामा भएको प्र’गतिको बारेमा भने केही ब’ताइएको छैन । रासस